सर्बियाको विद्यालयमा बालकले गोली चलाउँदा ९ जनाको मृत्यु

बिदेश समाचार

काठमाडौं, २१ वैशाख । सर्बियाको राजधानी बेलग्रेडस्थित एक विद्यालयमा १३ वर्षीय बालकाले गोली चलाउँदा नौजनाको मृत्यु भएको छ ।  प्राथमिक विद्यालयमा अध्ययनरत ती बालकले आफ्नो बुबाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गर्दा नौजनाको मृत्यु भएको र सातजना घाइते भएका छन् ।

मृत्यु हुनेमा आठजना विद्यार्थी र एकजना सुरक्षागार्ड रहेका छन् । घाइते हुनेमा ६ जना विद्यार्थी र एकजना शिक्षक छन् । योजनाबद्ध रुपमा ती बालकले गोली चलाएको र उनलाई पक्राउ गरिएको सर्बिया प्रहरीले जनाएको छ ।

सो घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति एलेक्जेन्डर बुसिकले तीनदिने शोकको घोषणा गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *