वर्ल्ड लिन्क कमुनिकेशनस लिमिटेड (WORLDLINK Communications Ltd) द्वारा बिरगंजमा फ्रि वाईफाइ नेट शुरु।

समाचार

बिरगंज ,२८ बैशाख ।

वर्ल्ड लिन्क कमुनिकेशनस लिमिटेड (WORLDLINK Communications Ltd) द्वारा बिरगंजमा फ्रि वाईफाइ नेट तीन ठाउँमा शुरु गरेको जनाएको छ।

आज बेलुका २ बजेको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्सा र नेपालको सबैभन्दा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिन्क कमुनिकेशनस लिमिटेड(WORLDLINK Communications Ltd) बिरगंजको सयुक्त आयोजनामा बिरगंज म.न.पा.वडा नं.१० स्थित होजरि ट्रस्ट महल, पुरानो बसपार्क र आदर्शनगर रगंशालामा स्थानियहरुको माग अनुसार फ्रि वाईफाई राख्ने कार्य गरिएको वर्ल्ड लिन्क कमुनिकेशनस लिमिटेड बिरगंजका शाखा प्रमुख आराफात आलमले जनाएका छन् ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान को अध्यक्षतामा  बिरगंज म.न.पा.वडा नं.१० स्थित होजरि ट्रस्ट महल, पुरानो बसपार्क र आदर्शनगर रगंशालामा तीन ठाउमा फ्रि वाईफाइको नेट लगाउने  कार्यक्रम सम्पन्न गरिएको आलमले जानकारी गराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *