नेपाल ल क्याम्पसमा आइतबार बिदा

समाचार

काठमाडौं, ३० वैशाख । नेपाल ल क्याम्पसमा आगामी आइतबार शोक बिदा दिएको छ।

 

क्याम्पसले कार्यालयमा सहायक पदमा नियुक्ति भइ परीक्षा शाखामा कार्यरत कर्मचारी कोकिला पनेरुको मृत्यु भएपछि शोक विदा दिएको जनाएको हो।

 

उनको उपचारको क्रममा वैशाख २८ गते मृत्यु भएको थियो। ३१ गते आइतबार यस क्याम्पसमा सञ्चालित बिए एलएलबी, एलएलबी तथा एलएलएम तहका पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने ब्यहोरा सबैलाई सूचित गरिएको शोक बिदामा उल्लेख छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *