रसीद आलम,बिरगंज ,५ साउन ।
“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा बिरगंज सामुदायिक आँखा अस्पतालको बिशेष सहयोगमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१ स्थित शान्ति टोलमा बिहीबार निःशुल्क आँखा चेकजाँच कार्यक्रम गरिएको समुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी गराएका छन् ।
सो कार्यक्रममा १५० जना मानिसहरुको आँखा चेकजाँच गर्दा २० जनामा मोतिया बिन्दु पाईएकोमा सो २० जनाको उपचार नि:शुल्क गर्ने प्रतिबद्धता सामुदायिक आँखा अस्पतालले जनाएको अध्यक्ष ठकुराईले बताएका छन् ।
उक्त कार्यक्रम समुदायिक सेवा केन्द्र छपकैया २ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा वडा समिति कार्यालय वडा नं. १ का वडाध्यक्ष मनोज पटेलको प्रमुख अतित्थ्यतामा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिदुर प्रसाद सिवाकोटीको बिशिष्ट अतित्थ्यमा सम्पन्न भएको थियोे ।
अस्थाई प्रहरी पोष्ट भकुवाका प्र.स.नि रामशरण राय क्षेत्री, प्र.ह श्याम किशोर बैठा, प्र.ह रामलक्षमण राउत , सामुदायिक सेवा केन्द्र छपकैयाका वरिष्ट उपाध्यक्ष म.अब्दुल हक, सचिव प्रविण बिक्रम शाह, कोषाध्यक्ष श्रीमती प्रेम कुमारी सिंह, सहसचिव मदन कुमार गुप्ता, बिरगंज सामुदायिक आँखा अस्पतालका डाक्टर प्रभात चौरसिया लगायत स्थानियहरूको उल्लेखनीय उपस्थित रहेको थियोे ।