बालिका हत्या आरोपित २५ वर्षपछि पक्राउ

समाचार

हेटौँडा, १६ साउन । बालिकालाई बलात्कारपछि हत्या गरेको आरोप लागेका अभियुक्तलाई २५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

 

हेटौंडा उपमहानगरपालिका–११ की ५ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेर फरार भएको आरोप लागेका ४५ वर्षीय सोमबहादुर राईलाई प्रहरीले ललितपुरको गोदावारी नगरपालिका-१४ स्थित ठैवबाट पक्राउ गरेको हो।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुर र वाग्मती प्रदेश प्रहरीको संयुक्त पहलमा पक्राउ परेका राई फरार हुँदा २० वर्षका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *