पाँच दिन भित्र स्वास्थ्य शुल्क बिवरण पेश गर्न जनकपुरको निर्देशन

समाचार

जनकपुर, १८ साउन । जनकपुर हाता भित्रका अस्पतालले लिन शुल्कको बिवरण बुझाउनु पर्ने भएको छ ।

 

जनकपुरधाम उपमहानगरपालिकाले ५ दिन भित्र अस्पतालले लिन गरेको शुल्कको बिवरण बुझाउन निर्देशन दिएको हो ।

 

‘यस उपमहानगरपािलका क्षेत्र भित्र सञ्चालनमा रहेको सम्पुर्ण नीजि स्वास्थ्य संस्थाहरूले सेवाग्राहीसँग लिइने सम्पुर्ण शुल्कहरू पाँच दिन भित्र लिखित पत्रसहित पेश गर्न हुनु जानकारी गराइन्छ’ बरिष्ठ उपसचिव मेहीलाल यादवले जारी गरेको पत्रमा भनिएको छ । उनका अनुसार जनकपुरधामका स्वास्थ्य संस्थाले २२ साउन भित्र सम्पुर्ण बिवरण पेश गर्नु पर्नेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *