बिरगंज ,२१, साउन ।
पर्सामा भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले
छोहडा- ५० के.जी., चियापति-१६ प्याकेट, ल्वाङ-१० के.जी.,वच्चाको रेडिमेट कपडा-६६ पिस,सेण्डो-४२ पिस, काजु-३० के.जी.( ३ कार्टुन) बरामद गरेको जसको बजार मुल्य रु.एक लाख आठ हजार दुई सय रहेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी ईनर्वा पर्साको टोलीले रु.दुई लाख पचास हजार मुल्य बराबरको टिसर्ट \ भेष्ट- १७५ पिस,थानको कपडा-११ थान नियन्त्रणमा लिएको पर्सा प्रहरीका सूचना अधिकारी डिएसपी दिपक गिरीले बताएका छन् ।
पक्राउ गरिएका सो तस्करीका सामानहरु शनिबार आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।