रसीद आलम, बिरगंज ,२२ साउन ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी बोकेको गहु लखनपुरबाट वीरगञ्जतर्फ ल्याउदै गरेको विशेष सूचनाको आधारमा जिल्ला पर्सा सखुवाप्रसौनी गाउँपालिका वडा नं.६ लखनपुर पुल नजिक सडकखण्डमा मे.१ त ४८४८ र ना.२ त ४५६८ नम्बरको दुईवटा ट्याक्टरहरूलाई शनिबार १०:३० बजेको समयमा पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीलाई देख्नसाथ सो ट्याक्टरका चालकहरू ट्याक्टर छाडी भागी फरार भएको तथा उक्त ट्याक्टरहरूमा लोड रहेको भारतीय गहु र ट्याक्टर नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जनाएका छन् ।
रू.चौबीस लाख पचास हजार बराबरको मुल्यांकन गरि गहु र ट्याक्टर थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आइतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।