प्रेस सेन्टर पर्साको बैठक सम्पन्न, स्थापना दिवस विविध कार्यक्रमसहित मनाइने

समाचार

रसीद आलम ,वीरगञ्ज ,१० माघ। प्रेस सेन्टर नेपाल पर्साको बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा माघ १५ गते वीरगञ्जमा प्रभातफेरी, रक्तदान कार्यक्रम तथा प्रतिनिधिसभाका उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ।

प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न बैठकमा संगठनका आगामी गतिविधि, पत्रकारको भूमिका र जिम्मेवारीका विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकमा बोल्दै प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगरले संगठनको नीति, नियम तथा उद्देश्यबारे स्पष्ट पार्दै पत्रकारहरूलाई संगठित र जिम्मेवार ढंगले अघि बढ्न आग्रह गर्नुभयो।

त्यसैगरी नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै निष्पक्ष, मर्यादित र उत्तरदायी पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो।

बैठकमा प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव तथा प्रेस सेन्टर पर्साका सल्लाहकार दीपक गौतम, जगत राईलगायत प्रेस सेन्टर पर्साका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकको सञ्चालन प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलले गर्नुभएको थियो।

बैठकले स्थापना दिवसका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न सबै सदस्यहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वानसमेत गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *