काठमाडौँ ,९ माघ। प्रधानमन्त्री सुशीला कार्कीले २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण सिपाही तथा अधिकृतहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएकी छिन् ।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै अनेक चुनौतीका बीच साहस, निष्ठा र अनुशासनका साथ राष्ट्रसेवामा समर्पित सशस्त्र प्रहरी बलको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेकी छिन् ।
उहाँले आउँदो निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले उच्च व्यावसायिक कौशल, निष्पक्षता र जिम्मेवारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छिन् ।
साथै, आगामी दिनमा सशस्त्र प्रहरी बल अझै सक्षम, जनमुखी र भरोसायोग्य संगठनका रूपमा विकास होस् भन्ने कामना गर्दै प्रधानमन्त्री कार्कीले संगठनको सफलताको कामना गर्नुभएको छ।
२५औँ स्थापना दिवस (रजत महोत्सव) मनाइरहेको सशस्त्र प्रहरी बल, नेपालप्रति प्रधानमन्त्रीको शुभकामना सन्देशले संगठनको मनोबल थप उच्च बनाउने अपेक्षा गरिएको छ।
