सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा निःशुल्क आँखा चेकजाँच शिविर।

समाचार

रसीद आलम,बिरगंज ,२५ साउन ।

“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा तथा बिरगंज सामुदायिक आँखा अस्पतालको बिशेष सहयोगमा बिरगंज महानगरपालिका वडा नं.२ स्थित आधारभुत स्वास्थ्य केन्द्रको प्राङगणमा निःशुल्क आँखा चेकजाँच कार्यक्रम गरिएको सामुदायिकका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जनाएका छन् ।

सो कार्यक्रममा १६० जनालाई आँखा चेकजाँच गर्दा ३० जनामा मोतिया बिन्दु भेटिएकोले सो ३० जनाको निशुल्क शल्यक्रिया गर्ने प्रतिबद्धता सामुदायिक आँखा अस्पतालले जनएको छ।

उक्त कार्यक्रम समुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा बिरगंज महानगरपालिकाका उपप्रमुख  इम्तियाज आलमको प्रमुख अतित्थ्यतामा वडा समिति कार्यालय वडा नं. २ का वडा अध्यक्ष म. रेयाज मिया तेली र सामुदायिक आँखा अस्पतालका डाक्टर महेश सिंह धामी को बिशिष्ट अतित्थ्यमा सम्पन्न भएको थियोे ।

वडा समिति कार्यालय वडा नं. २ का वडा सदस्य बसिर मिया हजाम, श्रीमती रम्भा देवी, सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष  अब्दुल हक, सचिव प्रबिण बिक्रम शाह, कोषाध्यक्ष श्रीमती प्रेम कुमारी सिंह, मदन कुमार गुप्ता,   अजित कुमार, प्रहरी सहायक निरीक्षक ईन्दिवर चौधरी, प्रहरी हवल्दार  देवेन्द्र कुमार पटेल लगायत स्थानीयहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *