सशस्त्र प्रहरी बल सर्लाहीद्वारा दुईवटा अबैध पेस्तोल सहित दुई जना ब्यक्ति पक्राउ ।

समाचार

रसीद आलम,सर्लाही ,३ भदौ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हे.क्वा. सर्लाहीद्वारा २ वटा पेस्तोल तथा गोली गट्टा सहित दुई जना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

सर्लाही पर्स गा.पा.६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल, नेपाल नं.१०गण हे.क्वा.सर्लाही मातहतका बि.ओ.पि.संग्रामपुरुले शनिबार साझ ७:५५ बजेको समयमा विशेष सूचनाको आधारमा भारतको ईनर्वाबाट नेपालतर्फ आउँदै गरेको BR 19 GA4141 नम्बरको मोटरसाईकलमा सवार जिल्ला सर्लाही, हरिपुर्वा न.पा.-६ बस्ने वर्ष २० को प्रकाश यादव र सोही ठेगानमा बस्ने वर्ष २३ की जिवन राय यादवलाई चेकजाँच गर्ने क्रममा निजहरुले भित्रि बस्त्र र हेल्मेटमा लुकाई राखेको अवस्थाम ७.६५ मि.मि. पेस्तोल १ थान,  म्याग्जिन १ थान, सोको १५ राउण्ड गोली र कटुवा पेस्तोल १ थान ८ मि.मि.को,५ राउण्ड गोली सहित रेडमि मोवाईल १ थान, भारतीय नगद रु.७.४००/- नेपाली नगद रु.१६०/- र भारतीय बैकको एटि.एम. थान-१ सहित निजहरूलाई  नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. संग्रामपुरले जनाएको छ।

नियन्त्रणमा लिएका हतियार ,व्यक्ति र निजहरूको साथमा रहेको सामानहरु समेत आवश्यक कानूनी कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीमा बुझाएको सशस्त्र प्रहरी बल मधेस प्रदेश प्रमुख डिआईजी दिपेन्द्र शाहले जानकारी गराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *