बिरगंज ,७ माघ।
बिल बिजकभन्दा बढी आलु र प्याज लोड रहेको मिनी ट्रकलाई बिरगंजमा पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
सन्कास्पद विल बिजक रहेको रु.एक लाख चौवीस हजार पाँच सय साठ्ठी मुल्य बराबरको आलु र प्याज सहित मिनी ट्रकलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
वीरगञ्जबाट मकवानपुरतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.९ मिना बजार स्थित सडकखण्डमा बा.प्र.०३-००१ ख ०३३२ नम्बरको मालवाहक मिनीट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी आलु प्याज लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी ) कुमार बिक्रम थापाले जनाएका छन् ।
शनिबार राति ९:३० मा पक्राउ गरिएको मिनि ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले बताए ।