समाजवादी माेर्चाकाे बैठक सुरू

राजनीति समाचार

काठमाडौं, ४ भदौं । समाजवादी मोर्चाको बैठक सुरू भएकाे छ ।

 

आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको थियाे । जुन बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय, आलोकनगरमा बिहान ७ः ३० बजेबाट सुरू भएकाे हाे ।

 

सो बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र गौर हत्याकाण्डको छानबिनको दायरामा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थित हुनेछ । जारी बैठकमा सोही बिषय पनि छलफल र समिक्षाासमेत हुनेछ ।

साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल हुने जनाइएकाे छ ।

 

 

नेकपा एकीकृत माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे पहलकदमीकाे गठन भएकाे साे माेर्चामा नेकपा एस र जसपा नेपालसहित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वकाे नेकपा सम्मिलित छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *