हमासद्दारा एक आमा र दुई बालिका रिहा, इजरायलले भन्यो, ‘विश्वास छैन्

बिदेश समाचार

गाजा, २५ असोज । हमासले इजरायली महिला र दुई बालबालिकालाई रिहा गरेको दाबी गरेको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले बुधबार दावी गरेको छ कि उसले इजरायली सेनासँगको लडाईमा हिरासतमा परेका एक इजरायली महिला र उनका दुई बच्चाहरूलाई रिहा गरेको छ । तर, इजरायली टेलिभिजन नेटवर्कहरूले उक्त घोषणालाई अस्वीकार गरेका छन् ।

 

साे बारेमा इजरायली सेनाले हमासको सो दावी माथी अनुसन्धान गरिरहेको बताएको छ। हमासको सशस्त्र शाखा एजेडिन अल–कासिम ब्रिगेडले एक विज्ञप्तिमा, ‘एक इजरायली निवासी र उनका दुई छोराछोरी, जसलाई झडपको क्रममा पक्राउ गरिएको थियो, रिहा गरिएको छ।’

 

हमास टेलिभिजनको अल–अक्सा नेटवर्कद्वारा प्रसारित भिडियो फुटेजमा इजरायल र गाजा पट्टीको बीचमा रहेको काँडे तार क्षेत्रमा दुई बच्चाहरूसहित नीलो शर्ट लगाएकी एउटी महिलालाई देखाइएको छ, जाे तीन हमास लडाकुहरूसँग हिडिँरहेका छन्। फुटेजले कुनै पनि सैन्य कर्मचारीले तीनैलाई प्राप्त गरेको देखाएको छैन र क्लिप दिनको उज्यालोमा खिचिएको जस्तो देखिन्छ।’ सो फुटेजको प्रामाणिकता स्वतन्त्र रूपमा प्रमाणित गर्न अझै सकिएको छैन् ।

 

इजरायली टेलिभिजन च्यानलहरूले हमासको दावीलाई अस्वीकार गरे र भने कि घातक हमला पछि हमास लडाकुहरूले महिला र दुई बच्चाहरूलाई गाजा पट्टीमा कहिल्यै लगेनन् । च्यानलहरूले ती महिलालाई किबुट्ज होलिटकी निवासी अविटल अलादजेमको रूपमा पहिचान गरेका छन् । जसले यस हप्ता अन्तर्वार्ताको श्रृंखलामा आफू र उनका छिमेकीका दुई बच्चाहरूलाई हमासका लडाकुहरूले जबरजस्ती इजरायल र गाजा पट्टीको सीमा क्षेत्रमा लगेको बताएका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *