४२ लाख बराबरको अबैध सामानसहित एक ट्रक पर्सा प्रहरीद्वारा पक्राउ ।

समाचार

बिरगंज ,१५ कार्तिक ।

बिल बिजक भन्दा बढी रेडिमेट कपडा तथा खुद्रा अबैध सामानहरू लोड रहेको एक ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

कार्तिक १४ गते राति ११:४०मा बिल विजक भन्दा बढी रेडिमेट कपडा तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट झापातर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.३ ख ४६५१ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

ट्रक भित्र लोड रहेको ईलेक्ट्रोनिक्स तथा खुद्रा सामानहरूको रू.४२ लाख ३२ हजार ८ सय २७ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *