बिरगंज ,१७ कार्तिक ।
लगभग एक करोड बराबरको बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक बिरगंजमा पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार कार्तिक १५ मा ११:३० बजे राती बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.३ ख ५५७६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
सो ट्रक भित्र लोड रहेको सामानहरूको रू.९९ लाख ६९ हजार ०९३ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले बताएका छन् ।
