रसीद आलम,पर्सा , १८ कार्तिक ।
प्रहरी चौकी ईनर्वा तथा लागू औषध नियन्त्रण ब्युरो बिरगंजको सन्युक्त प्रहरी टोलिले लागू औषध खैरो हिरोइन ५० ग्राम सहित एक जना भारत बिहार निवासीलाई पक्राउ गरेको छ।
वरिष्ठ प्रहरी नायब निरीक्षक सन्तोष केसीको कमान्डमा खटिएका टोलीले शनिबार बिहान् ११:३० मा भारत बिहारको रक्सौलबाट नेपालको बिरगंजतर्फ आउदै गरेका भारत पुर्बी चम्पारण आदापुर वार्ड -१ चिलझप्टी भवानिपुर निवासी चन्द्रदेवको छोरा वर्ष २७ को भुलावन पटेल लाई बिरगंज -१६ रजत जयन्ती सडक खण्डमा रोकि चेकजाँच गर्दा निजले लगाएको निलो जिन्सको दाहिने पछाडी पट्टीको पाकेटमा लुकाई छिपाई राखेको लागु औषध खैरो हिरोईन ५० ग्राम फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सो सम्बन्धमा थप अनुसन्धान भैरहेको तथा आवश्यक कारवाहीको लागि वडा प्रहरी कार्यालय बिर्तामा निज पटेललाई पठाईएको प्रहरी चौकी ईनर्वाले जनाएको छ।