प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

राजनीति समाचार

काठमाडौं, २६ कार्तिक । हरेक वर्ष तिहारको अवसरमा प्रधानमन्त्रीको निवासमा खेलिँदै आएको देउसी भैलो कार्यक्रम यस वर्ष नहुने भएको छ।

गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको परिवारमा शोक समय रहेकाले यस वर्षभर कुनै पनि कार्यक्रम नहुने सचिवालयको जानकारी छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *