रसीद आलम, बिरगंज ,५ पुस ।
सशस्त्र प्रहरी बल नं १३ गण पर्साको मातहतका प्रस्ताबित सीमा सुरक्षा गुल्म अलौले १४८ बोरा (करिब ७ क्विन्टल ) प्याज बोकेको मिनीट्रकसहित चालकलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा बिहिवार विरगंज महानगरपालिका वडा नं.२६ बाट गुल्म अलौको गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रदिप थापाको कमान्डमा खटिएको टोलीले से १ क ८४० नम्बरको सानो ट्रकबाट १४८ बोरा करिब रु.३ लाख ४८ हजारको अबैध रुपमा भन्सार छली ल्याएको प्याज सहित रु.१० लाखको मिनीट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।
नियन्त्रणमा लिएको अबैध प्याज र ट्रकको जम्मा रु.१३ लाख ४८ हजारको मुल्यांकन गरि प्याज,ट्रक र चालकसहित आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल पर्साको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सङ्गम श्रेष्ठले जनाएका छन् ।
