रसीद आलम,बिरगंज ,८ पुस।
सशस्त्र प्रहरी बल पर्साले भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको तस्करीको करिब ४ लाख बराबरको २० वटा पशु चौपाया पक्राउ गरेको जनाएको छ।
आइतबार ४:३० बजेको समयमा पर्साको जगरनाथपुर गा.पा. ४ बिजबनियामा भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको ७ वटा भैसी,४ वटा रांगा,८ वटा पांडा,र एक वटा पांडी गरी जम्मा २० वटा पशु चौपाया नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नं १३ गण पर्साले जानकारी गराएको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नं १३ गण मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलिलाई देखी तस्कहरुले उक्त पशु चौपाय छाडी भागेकोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सङ्गम श्रेष्ठले बताए ।
रु.३ लाख ८५ हजार बराबरको मुल्यांकन गरि आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी श्रेष्ठले जानकारी गराए।