रसीद आलम,बिरगंज ,११ पुस।
सशस्त्र प्रहरी बल पर्साले करिब ३ लाख बराबरको भन्सार छलिएका विभिन्न समानहरु पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्सा मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले भन्सार छलिएका तस्करीका कपडा तथा प्याज पक्राउ गरेको जनाएको छ।
विशेष सूचनाको आधारमा बुधबार बिहान् ८बजेकाे समयमा बिरगंज महानगरपालिका-१६ भुटनदेबी स्थितबाट प्रस्ताबित सिमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी नायब निरीक्षक सहदेब सापकाेटाकाे कमाण्डमा खटिईएकाे टाेलीले अबैधरूपमा भन्सार छली साईकलमा लाेड गरि नेपाल तर्फ ल्याउदै गरेकाे अन्दाजी मूल्य रू.करिब ३ लाख बराबरकाे कपडा तथा प्याज नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीआएको देखेपछि सो अबैध सामनहरु छाडी ब्यक्तिहरु फरार भएको हुंदा उक्त सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीकाे लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएकाे सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सङ्गम श्रेष्ठले जनाएका छन ।
