पर्सा,२४ पुस।
सशस्त्र प्रहरी बल नेपाल पर्साले १६८ किलाे गाजासहित बलेरो पिकअप र दुई जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साको मातहत प्रस्ताबित सीमा सुरक्षा गुल्म भिखमपुरकाे टोलिले विशेष सुचनाका आधारमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिरगंजबाट ठोरीतर्फ जादै गरेको बा ११ च ९६८६ नम्वरको बलेरो पिकअपलाई नियन्त्रणमा लिएको छ।
सो बलेरो पिकअपमा फल्स वटम वनाई लुकाएर राखेकाे १६८ किलो प्रतिबन्धित गाँजा फेला परेको हुँदा गाँजा सहित बलेरो पिक-अप ,चालक र सहचालकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सङ्गम श्रेष्ठले जनाएका छन ।
पक्राउ गरिएको पिक-अपबाट १६ पोकामा१६८ किलो प्रतिबन्धित गाँजा,नेपाली रु ७८ हजार ५ सय र मोबाईल २ थान बरामद गरि चालक र सहचालक समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि नेपाल प्रहरीलाई बुझाएको डिएसपी श्रेष्ठले जनाए।