पर्सा:लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,२४ पुस।

लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ सहित दुईजना मानिसहरूलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको संयुक्त चेकिङ टोलीले सोमबार साझ ६ बजेको समयमा चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा न.८ स्थित सडकखण्डमा दुईजना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका ब्यक्तिहरुलाई खानतलासी गर्दा निजहरूको खल्तीबाट २ वटा सेतो रंगको प्लाष्टिकमा बेरी राखेको पोकाभित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ १०२ ग्राम फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नं.७ बस्ने बर्ष ३८ को बिनोद प्रसाद गुप्ता र सोही बस्ने वर्ष ३८ को फिरोज चौधरी रहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जनाएका छन् ।

निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *