इन्द्रप्रसाद बञ्जारा बलात्कार आरोपमा पक्राउ, दवावमा नपरी छानबिन गर्न पत्रकार महासंघको माग

समाचार

मकवानपुर, १४ वैशाख । नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकार इन्द्रप्रसाद बञ्जारामाथि लागेको बलात्कारको आरोपमाथि सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

 

बिहीबार अध्यक्ष मणिराज गौतमले विज्ञप्ति निकालेर पत्रकार बञ्जारा पक्राउ परेको सम्बन्धमा महासंघ मकवानपुरको ध्यानाकर्षण भएको जनाएका छन् ।

 

महासंघ मकवानपुर सदस्य बञ्जारालाई एक महिलाले असहमतिमा शारीरिक सम्पर्क राखेको आरोप लगाएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको विषयप्रति ध्यानाकर्षण भएको अध्यक्ष गौतमले जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

 

साथै घटनाको निष्पक्ष र दोहोरो छानबिन गरी चाँडोभन्दा चाँडो दोषीलाई कानुनअनुसार कारबाही र निर्दाेषलाई न्याय दिलाउनका लागि कुनै दबाब र प्रभावमा नपरी अध्ययन तथा अनुसन्धानका लागि महासंघले माग गरेको छ । विलम्ब नगरी सत्यको पक्षमा न्याय निरुपणका लागि सरोकारवाला अन्य निकायलाई महासंघले आग्रह गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *