रसीद आलम,बारा,२ माघ।
सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बाराको मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले भन्सार छली चोरी पैठारीका अबैध कपडा पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा मंगलवार दिउँसो १२:३० बजेको समयमा कलैया उपमहानगरपालिका २० वसतपुर सिमा ईलाकाबाट रु.७७ हजार ९ सय २० बराबरको विभिन्न कपडा पक्राउ गरेको सशस्त्र प्रहरी बाराले जनाएको छ।
बाराको फुलबरीया- बलिरामपुर हुदै कलैया तर्फ नम्बर नखुलेको अटोमा भन्सार छली चोरी पैठारी गरी सो अवैध कपडा लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका सशस्त्र प्रहरी नायब उपरीक्षक कबिन्द्र महर्जनको कमाण्डमा खटिएको टोलिले अटोलाई पिछा गर्दै जाने क्रममा कलैया उपमहानगरपालिका १३ बलिरामपुर उखुबारी नजिकै सडक छेउमा सो अबैध कपडा छाडी अटो र चालक फरार भएकोले बेवारिसे अवस्थामा कपडा बरामद गरीएको प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले जनाएको छ।
बरामद गरिएको कपडा आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको डिएसपी महर्जनले जनाए।