पर्सा:लागु औषध सहित एकजना भारतीय पक्राउ ।

समाचार

बिरगंज ,१८ माघ।

पर्सा प्रहरीले लागु औषध सहित एकजना भारतीयलाई नियन्त्रणमा लिएको छ।

बिशेष सुचनाको अधारमा माघ १७ गते दिउँसो १२ :१० बजे लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारत विहार जिल्ला पुर्वी चम्पारण रामगढवा बस्ने वर्ष २५ को धिरज कुमारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका धिरज कुमारले लुकाई छिपाई राखिएको लागु औषध नुरफिन ३०० एम्पुल, फेनारगन ३०० एम्पुल र डाइजेपाम ३०० एम्पुल गरी जम्मा ९०० एम्पुल फेला परेको हुँदा उल्लेखित लागु औषध सहित नियन्त्रणमा लिई निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *