जनसूचना न्युजको असर,भारतिय एसएसबीका डिआईजी सुब्रमण्यमले गरे मितेरी पुलको अनुगमन ।

समाचार

पर्सा,२६ फागुन ।

भारतीय सिमा सुरक्षा बल ( एस एस बि )का डिआईजी सुरेश सुब्रमण्यमले वीरगञ्ज रक्सौल सीमा क्षेत्रमा पर्ने मितेरी पुलको अनुगमन गरेका छन् ।

फागुन १७ गते मितेरी पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले बिरगंज महानगरपालिका वडा नम्बर १ छपकैया निवासी बलिराम साह सोनारलाई कुटपिट गरि टाउको फुटाएको थियो । उक्त घटनाका बारेमा जनसूचना न्युजले नारायणी अस्पतालमा उपचाररत पीडित सोनारको भिडियो सम्प्रेषण गरेको थियोे । सो घटनाको व्यापाक विरोध भएपछि भारतको गम्भिर ध्यानाकर्षण भएको छ।

मितेरी पुलमा सोनारमाथि भएको कुटपिटको विषयमा भारतले चासो देखाएको छ।सोही घटनाको छानविन र सहजीकरणका लागि एसएसबीका डिआईजी सुरेश सुब्रमण्यम भारतको राजधानी दिल्लीबाट बिरगंज रक्सौल सीमा क्षेत्र भित्र पर्ने मितेरी पुलमा आइपुगेका थिए । उनकै नेतृत्वमा शनिवार पुगेको टोलीले कुटिएका पीडित बलिराम साह सोनारलाई सँगै लिएर कुट्ने सुरक्षाकर्मीको पहिचान गर्न लगाएका थिए ।

प्रहरी चौकी इनर्वाका प्रहरी नायब निरीक्षक तेजप्रताप सिंह, भारतीय एसएसबीका अधिकृत लगायतसँग घटनाको बारेमा डिआईजी सुब्रमण्यमले सोधपुछ गरेका थिए ।
भारत र नेपाल बीचको रोटी बेटिको सम्बन्ध अमर रहने कहिल्यै कम्जोर नहुने डिआईजी सुब्रमण्यमले बताए।
साथै सीमा क्षेत्रमा सर्वसाधारणको आवागमनलाई सहज बनाउने प्रतिबद्धता गरे।आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पनि उनले सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् ।

सो अनुगमनको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल,सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंह,वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी ,प्रहरी चौकी ईनर्वका सई तेजप्रताप सिंह, लगायतका उपस्थिति रहेको थियोे ।

(फागुन १७ को भिडियो तल छ)

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *