पशुपति पुगेर राष्ट्रपतिले गरे पूजाअर्चना

समाचार

काठमाडौं, २६ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन्। शुक्रबार राष्ट्रपतिलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गरेका थिए।

त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीपक काफ्ले, कोषका सदस्यसचिव राजुकुमार खत्री, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, स्थानीय नियकायका प्रमुख तथा प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायत कर्मचारीले स्वागत गरेका थिए।

महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्राध्यक्षद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ। सोही शिलशिलामा राष्ट्रपति पशुपति पुगेका हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *