रसीद आलम,पर्सा,३० फागुन ।
पर्सा प्रहरीले बिरगंजको पावरहाउसचोकबाट प्रतिबन्धित लागु औषध सहित एक जना मानिसलाई पक्राउ गरेको छ।
फागुन २७ गते दिउँसो १२:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१३ पावरहाउसचोक स्थित सडकखण्डमा विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा वीरगञ्ज र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.१३ राधेमाई बस्ने वर्ष ४८ को बिनोद गुप्तालाई ३० ट्याब्लेटका दरले ६० पत्तामा १८०० पिस प्रतिबन्धित लागु औषध नाईट्राभेट ट्याब्लेटसहित पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
पावरहाउस चोक देखि गण्डकतर्फ पैदल जाँदै गरेको गुप्तालाई रोकी शरीर खानतलासी गर्दा निजले बोकेको कालो प्लाष्टिकको झोलामा सो परिमाणको प्रतिबन्धित लागु औषध नाईट्राभेट ट्याब्लेट फेला परेको हुँदा गुप्तालाई नियन्त्रणमा लिइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जानकारी दिए।
