श्रोत नखुलेको रु.२ लाख ५० हजार र १२ किलो चरेशसहित वीरगञ्जबाट ३ जना पक्राउ।

समाचार

रसीद आलम,पर्सा, १०चैत ।

पर्सा प्रहरीले अवैध लागूऔषध चरेशसहित ३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार चैत ९ गते बिहान् ८ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट प्रहरीचौकी ईनर्वाले संकाष्पदरूपमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत विहार जिल्ला सिवान बस्ने वर्ष २४ को महमद आलमलाई चेकजाँचको क्रममा श्रोत नखुलेको नेपाली रु.२ लाख ५० हजार सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका महमद आलमलाई प्रारम्भिक अनुसन्धान गर्दा लागु औषध चरेश खरिद गर्न आएको बयानको आधारमा थप अनुसन्धान गर्ने क्रममा पर्साको वीरगञ्ज महानगरपालिका–८ घण्टाघरस्थित नारायणी गेष्ट हाउसबाट अवैध लागूऔषध चरेशसहित थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी टोलीले गेष्ट हाउस तलासी गर्दा गेष्ट हाउसबाट जिल्ला धादिङ गजुरी गा.पा.वडा नं.८ बस्ने वर्ष २९ को सुरेश तामाङ र भारत विहार जिल्ला सिवान बस्ने वर्ष २२ को आरिफ राजालाई शुक्रबार दिउँसो लागु औषध चरेश १२ किलो २४० ग्राम सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको छ।

पक्राउ परेका तिनै जनालाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *