रसीद आलम,बारा,२ बैशाख।
सशस्त्र प्रहरी बल बारा बिओपी बरैनियाले भन्सार छलिएका विभिन्न अबैध सामानहरु बरामद गरेको छ।
आइतबार बाराको बिश्रामपुर गाँउपालिका वडा नं.३ मुसहर्वा स्थित अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याँउदै गरेको अवस्थामा रु.२ लाख १८ हजार ४ सय ५ बराबरको कफि, कुर्ता सलवार, साडी, लेडिज स्वीमिङ्ग कस्टियुम, चिनी, रिफाईन तेल र क्याटरिङको बिभिन्न सामानहरु पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको टोलिले सो परिमाणको अबैध समान बरामद गरी आवश्यक कारवाहीको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बाराले जनाएको छ।