१७ औ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी पर्साद्धारा सरसफाई कार्यक्रम।

समाचार

बिरगंज ,२ बैशाख।

सशस्त्र प्रहरी पर्साको १७ औ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साले बिरगंजमा रहेका पशुपतिनाथ मन्दिरको सरसफाई गरेको छ ।

१७ औ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल पर्साले विरगंज महानगरपालिका -१४ स्थित रहेको पशुपतिनाथ मन्दिरमा सरसफाई कार्यक्रम गरी आफ्नो स्थापना दिवस अन्तर्गतका कार्यक्रमको शुभारम्भ गरेको छ ।

उक्त सरसफाई कार्यक्रममा मन्दिर व्यवस्थापन समिति, मन्दिरका पुजारी तथा स्थानियको समेत सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको १७ औ स्थापना दिवस २०८१।०१।०७ गते रहेको छ । आजबाट ७ गते सम्म स्थापना दिवसको अवसरमा खेलकुद लगायत विविध कार्यक्रमहरु संचालन गरिने सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) देबेन्द्र बहादुर सिंहले जानकारी गराए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *