बारा,११ बैशाख
ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियानमा ट्राफिक नियम उल्लंघन गरेको १२७ वटा सवारी साधनलाई बारा प्रहरीले कारवाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराद्वारा ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियान अन्तर्गत यातायात व्यवस्था कार्यालय कलैयाका कर्मचारीहरूको उपस्थितिमा जिल्लाका विभिन्न स्थानहरूमा ट्राफिक नियम विपरित चलाईएका १२७ वटा सवारी साधनहरूलाई कारवाही गरी रू.१ लाख २१ हजार ४ सय राजस्व संकलन गरेको बारा प्रहरीले जनाएको छ।
बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार ट्राफिक नियम मिचेका सवारीहरुको ३ थान ब्लुबुकहरु आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको र ट्राफिक व्यवस्थापन सम्बन्धि प्रशिक्षण तथा सचेतनामुलक कार्यक्रमहरू समेत संचालन भएको जनाएका छन् ।
