रसीद आलम ,बिरगंज ,१२ बैशाख।
सशस्त्र प्रहरी बल पर्साले ११ लाख बराबरको भन्सार छलिका सामानहरु बरामद गरेको छ।
पर्साको बिरगंज महानगरपालिका-१६ स्थित भन्सार मेनगेट वरपरको ईलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउदै गरेको रु.६ लाख ८७ हजार ८ सय बराबरको किराना सामान, लत्ताकपडा, अटोपार्टस र उक्त सामानहरु ओसार पसारमा प्रयोग गरिएको १ वटा मोटरसाइकल र १ वटा स्कुटर समेतलाई पक्राउ गरि आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार पठाएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै ,डिएसपी सुरज रिजालकै कमान्डमा भन्सार मेनगेटबाट भारतबाट नेपाल तर्फ ना ४१ प ११५९ नम्बरको मोटरसाइकलमा आउदै गरेको ५० बर्षिय एक जना नेपाली नागरिकको साथबाट भारतीय रुपैयाँ १ लाख ४९ हजार ८ सय ५० र नेपाली रुपैया १६ हजार ७ सय ५५ फेला परेको हुँदा मोटरसाइकलसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) देबेन्द्र बहादुर सिंहले जानकारी गराए।
निजले प्रयोग गरेको मोटरसाइकलको रु. १ लाख ५० हजार बराबरको मुल्यांकन गरि मोटरसाइकलसहित निजलाई आवश्यक कारबाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको डिएसपी सिंहले बताए।
