बाराबाट २१६ किलो गाँजासहित दुई जना पक्राउ

समाचार

बारा,१८ बैशाख  । बाराको निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २ सय १६ किलोसहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा रहेको ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *