पतिको हत्या अभियोगमा पत्नी पक्राउ

समाचार

काठमाडौं, २८ वैशाख । दाङमा आफ्नै पतिको हत्या गरेको आरोपमा पत्नी पक्राउ परेकी छन्। घोराही उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोगमा उनकै श्रीमती ४२ वर्षीया होटी वलीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

घर नजिकै घाइते अवस्थामा बुधबार राति फेला परेका ओबिरामलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले सोधपुछपछि होटीलाई पक्राउ गरेको हो। साथै सोधपुछको क्रममा उनीहरूबीच झै झगडा हुँदा होटीले कुटपिट गरेको खुल्न आएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *