केएफसीमा बिरगंज महानगरको छापा,न्यून गुणस्तरको चिकेन बिक्री गरेको ग्राहकको आरोप ।

समाचार

बिरगंज ,२८ बैशाख।

बिरगंज महानगरपालिकाको बजार ब्यवस्थापन तथा अनुगमन समितीले  बिरगंजमा रहेको केएफसिमा छापा मारेको छ।
गुणस्तरहिन चिकेन बिक्रीवितरण गरिरहेको सुचना पाएपछि बिरगंज महानगरपालिकाका उप प्रमुख,बजार ब्यवस्थापन तथा अनुगमन  समितीका संयोजक इम्तिया आलमले तत्कालै बैठक बोलाई अनुगमन गर्ने निर्देशन दिएका थिए ।

बिरगंज महानगरपालिकाका कार्यपालिका सदस्य तथा बजार ब्यवस्थापन तथा अनुगमन समितिका सदस्य कन्हैया ठाकुरको नेतृत्वमा गएको टोलिले बिरगंज आदर्शनगर स्थित स्काईलाइन मल भित्र संचालनमा रहेको केएफसीमा अनुगमन गर्ने क्रममा केएफसीको किचेन र स्टोरमा फ्रीजिङ्ग गरि राखिएको माछा मासु र दूधलाई ब्यवस्थित तरिकाले छुट्टाछुट्टै राख्न बिरगंज महानगरपालिकाका कार्यपालिका सदस्य तथा अनुगमन समितिका सदस्य ठाकुरले निर्देशन दिएका छन ।

जथाभावी खाद्यान्न सामाग्री नराख्न र मानसहारी र सहकारी बिभाग  छुट्टाछुट्टै राख्न सुझाव समेत दिएका ठाकुरले जनाए।

गुणस्तरहिन रहेका मासुहरु खाल्टो खनी पुर्न निर्देशन दिएका यदि गुणस्तरहिन खाद्यान्न सामाग्री बिक्रीवितरण गर्ने भेटिएमा कडा भन्दा कडा कार्वाही गर्ने समेत चेतावनी दिएका उप प्रमुखका प्रेस सल्लाहकार महमद सदाबले जानकारी गराएका छन् ।

चिकेन लेगपिसमा देखिएको कालो त्यो बोनमैरो रहेको र लेगपिसमा दुई वटा मासु भएको हुदा एउटा सेतो मासु र अर्को कालो मासु हुन्छ त्यसैले चिकेनको मासु कालो र सेतो हेरिएको हो केएफसीका किचेनमा काम गर्ने एक कर्मचारीले बताएको प्रेस सल्लाहकार महमद सदाबले जानकारी गराए।

बिरगंज महानगरपालिकाका उप प्रमुख आलमले नगरबासीहरुको गुनासो प्राप्त हुने बित्तिकै तत्काल समितीका पदाधिकारीहरुलाई बोलाई तुरन्त  अनुगमन गर्ने निर्देशन दिएको र गुणस्तरहिन बिक्री वितरण गर्ने भेटिएमा कडा कारबाही गर्ने जनाए । आम उपभोक्ताको स्वास्थसंग खेलवाड गर्ने जो सुकै भए पनि कडा भन्दा कडा कार्वाही गर्न प्रतिबद्धता जनाए।

“अनुगमन टोलिका अनुसार बिगतमा केएफसीले के कस्ता खाद्यवस्तु बिक्रीवितरण गरियो त्यो हाम्रो टिमलाई थाहा भएनन् तर आज अनुगमन गर्न जादा राम्रो अवस्थामा रहेको भेटियो। हिजोको गुनासोको बारेमा छ्लफल पनि गरेका छौ आउने दिनमा केएफसीको तर्फबाट कुनै कमि कमजोरी नहुने तथा गुनासो न आउने केएफसिले प्रतिबद्धता जनाएका जनाएको छ “बिरगंज महानगरपालिकाका कार्यपालिका तथा अनुगमन समितिका सदस्य ठाकुरले जानकारी गराए।

उक्त अनुगमन टोलिमा वीरगन्ज महानगरका खाद्य अनुसन्धान अधिकृत विपिनलाल दास,खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय वीरगन्जका सुरेश कुमार सिंह,वीरगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधी मनोज दास,जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव लगायतको सहभागीता रहेको उप प्रमुखका प्रेस सल्लाहकार महमद सदाबले बताएका छन् ।

यद्यपि वीरगञ्जस्थित स्काइलाइन मलमा रहेको केएफसी रेष्टुराँमा न्यून गुणस्तरको कुखुराको मासु विक्री गरेको पाइएको तथा केएफसीमा घाउचोट लागेको कुखुराको मासु विक्री गरेको उपभोक्ताहरुको आरोप छ।चोटका कारण रक्ति जमेर नीलो डाम भएको कुखुराको मासु बेच्ने गरेको पाइएको भन्दै स्थानीय उपभोक्तले असन्तुष्टि जनाएका छन् ।

केएफसीले ग्राहकहरूलाई भोजन गर्न स्वच्छता र सुरक्षाको उच्चतम मापदण्ड कायम गर्ने बताइएपनि त्यसो गरेको नपाइएकाले उपभोक्ताहरु सन्तुष्ट हुन सकेका छैनन् ।साथै शौचालयको लागि ५ तल्ला माथि जानु पर्ने र त्यसमा पनि क्यूएफएक्स सिनेमा हल भित्र आग्रह गरेर शैचालय गर्नु परेको भन्दै ग्राहकहरुले दुखेसो पोखेका छन् ।

विभिन्न प्रकारका स्वादिष्ट खाना हट एण्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न देखि पिज्जा, बर्गर आदि का साथै गुणस्तरका लागि केएफसी विश्वमै लोकप्रिय मानिन्छ ।

काठमाडौं लगायत विभिन्न ठाउँका केएफसीमा खाने कुरा गुणस्तर र स्वादिष्ट हुने गरेको तर यहाँको केएफसीमा अन्य ठाउँको तुलनामा स्वाद र गुणस्तर पनि न्यून रहेको उपभोक्ताहरु बताउँछन् जसले गर्दा बिरगंजमा स्थानीय उपभोक्ता निराश रहेको बताउँछन्।

 

देवयानी इन्टरनेशनल नेपाल प्रालिले बिरगंजमा केएफसी सञ्चालनमा ल्याएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *