लोकसभा निर्वाचनका लागि केजरीवालले घोषणा गरे १० ग्यारेन्टी

बिदेश समाचार

काठमाडौँ ,३० बैशाख । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको जारी लोकसभा निर्वाचनमा १० ग्यारेन्टी सार्बजनिक गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री केजरीवालले आफ्नो गठबन्धनको सरकार बनेपछि पुरा गर्ने भन्दै १० ग्यारेन्टीको घोषणा गरेका हुन् ।

उनले देशभर नि: शुल्क विजुली दिने, सरकार स्कुललाई राम्रो बनाएर नि: शुल्क शिक्षा दिने, हरेक गाउँमा स्वास्थ्य क्लिनिक बनाउने, चीनले मिचेका भारतीय भूभाग फिर्ता लिने, भारतीय सेनामा ल्याइएको अग्निवीर योजना बन्द गरेर पुरानै अवस्थामा फर्काउने, किसानका लागि उनीहरुको उत्पादनको पुरा मुल्य दिलाउने, दिल्लीलाई पूर्ण राज्यको दर्जा दिलाउने, एक बर्षमा देशभर २ करोड रोजगार दिने, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने र जीएसटीलाई खतम गर्ने घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा केजरीवालले सरकार ढाल्ने भाजपाको योजना असफल भएको दाबी गरेका छन् ।

उनले भाजपाले कैयौं प्रयास गरे पनि आफ्नो सरकार ढाल्न नसकेको भन्दै आफ्ना विद्यायक र कार्यकर्तालाई पार्टी जोगाउने जिम्मेवारी दिएका छन् ।

दिल्लीको कथित रक्सी घोटालामा अरविन्द केजरीवालले शुक्रबार अन्तरिम जमानत पाएका थिए भने उनले आगामी जुन २ मा सरेन्डर गर्ने छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *