रसीद आलम ,बिरगंज ,१ जेठ ।
सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको पर्सामा आगमन भएको छ।
सशस्त्र प्रहरी पर्साका प्रमुख भएर आएका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) राधेश्याम धिमालले सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणको गणपतिका जिम्मेवारी सम्भालेका छन् ।
एसपी किसन कर्माचार्यको पर्साबाट एपीएफ कमान्ड तथा एस्टाफ कलेज सानो गौचरण काठमाडौंमा काज सरुवा भएपछि पर्सामा सशस्त्र प्रहरी उपरीक्षक धिमाल आएका हुन् ।
कमान्ड सम्भालने बित्तिकै एसपी धिमालले मातहतका गुल्म र बिओपी प्रमुखहरुलाई तस्करी नियन्त्रणमा र सिमानाकाको शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्ने ठाडो निर्देशन दिएका छन् ।यदि कुनै प्रकारको त्रुटि फेला परेमा कडा कार्वाही गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
एसपी धिमाल कमान्ड सम्भालेका केही घन्टा नबित्दै सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले ७ लाख २१ हजार ६ सय ९० रुपैयाँ बराबरको भन्सार छलिएका किराना सामान, कस्मेटिक आईटम, लत्ताकपडा र मोटरपार्टस बरामद गरि आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ।
गुल्म बिरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएका टोलीले बिरगंज महानगरपालिका -१६ भन्सार मेनगेटबाट चेकजाँचको क्रममा अबैध रुपमा भारतबाट भन्सार छलि बिभिन्न सवारी साधनहरुमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सो समानहरु बरामद गरेको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जनाए।
