बिरगंज ,१ जेठ ।
सशस्त्र प्रहरी बल पर्साले एक लाख पचपन्न हजार भारतीय रुपैयाँ सहित एक जना महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका-५ भिस्वा बस्ने प्रेम महतोको छोरी अन्दाजी बर्ष २० की रिंकु कुमारी महतो रहेको सशस्त्र प्रहरीले जनाएको छ।
आज दिउँसो १२:१५ बजेको समयमा बिरगंज महानगरपालिका -१६ भन्सार मेनगेट चेकप्वाईन्टमा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गजेन्द्र प्रसाद राउतको कमाण्डमा खटीएको टोलिले चेकजाँचको क्रममा भारतको रक्सौलबाट नेपालको बिरगंजतर्फ पैदल आउदै गरेको महतोले झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित भारतीय नोट ५०० दरको ३१० थान फेला परेको हुँदा उक्त भारतीय रुपैया सहित निज महिलालाई नियन्त्रमा लिई आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जनाए।
