रसीद आलम,बिरगंज ,९ जेठ ।
कर्तव्य ज्यान मुद्दामा संलग्न फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
जेठ ७ गते विशेष सूचनाको आधारमा कर्तव्य ज्यान मुद्दामा संलग्न रही हाल सम्म फरार रहेका पर्सा सखुवा प्रसौनी गाउपालिका वडा नम्बर ६ एकडरवा बस्ने वर्ष ५० को बिनोद भन्ने विनय प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलिले पक्राउ गरेको छ।
लुकीछिपी बस्दै आएको यादवलाई निजकै घरबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले बताए।
पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाका अनुसार यादव मिति २०६३।०४।१२ गते विहान १०:०० बजेको समयमा जिल्ला पर्सा साविक गाविस लखनपुर वडा नम्बर ९ हाल परिवर्तित सखुवा प्रसौनी गाउपालिका वडा नम्बर ६ एकडर्वा स्थित नहरको डिलमा रेखा राउत कम्करलाई गोली हानी हत्या गरेको कसुरमा फरार रहेका थिए ।
