रौतहटमा एक हजार किलो सुपारी बरामद

समाचार

रौतहट ,१० असार  । पूर्व पश्चिम राजमार्गको रौतहट स्थित प्रहरीले एक यात्रुवाहक बस बाट एकहजार किलोग्राम सुपारी बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा शनिवार राती साढे १२ बजे चन्द्रपुर नगरपालिका  १ पौराई स्थित  प्रहरीको गस्ती टोलीले झापाबाट नेपालगंज तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२९३ नम्वरको बस  चेकजाँचको क्रममा डिकीमा राखिएको ३३ बोरा सुपारी बरामद गरेको थियो ।

बेवारिसे अवस्थामा बरामद गरिएको ८ लाख ५० हजार मूल्य बराबरको एक हजार किलोग्राम  बेवारिसे सुपारी आज आईतवार आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय  पथलैयामा बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएस्पी एलिजा गिरीले जानकारी दिएकी छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *