रसीद आलम ,बिरगंज ,१५ असार
सशस्त्र प्रहरी पर्साले ब्राउनसुगर सहित एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ।
शुक्रबार पर्साको बिरगंज महानगरपालिका -३१ सोलखपुरमा चेकजाँचको क्रममा ३.३३ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल पर्सा सुरक्षा वेश बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपानेको कमाण्डमा खटिएको टोलीले बेश अगाडी आकस्मिक चेकप्वाईन्ट थापी चेक जांच गर्ने क्रममा मिलन चोकबाट जीतपुर तर्फ जादै गरेको मघेश प्रदेश ०३-०३० प ६४७६ नम्बरको केटिएम डुक मोटरसाइकलमा सवार बिरगंज महानगरपालिका – २९ बस्ने बर्ष २४ को रबि साहको साथबाट ब्राउन सुगर ३.३३ ग्राम फेला परेको हुँदा निजलाई मोटरसाइकल सहित नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको डिएसपी सिंहले जनाए।
