रसीद आलम ,बिरगंज ,१७ असार।
सशस्त्र प्रहरी पर्साका प्रमुख भएर आएका सशस्त्र प्रहरी उपरीक्षक( एसपी) राधेश्याम धिमालले सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणको गणपतिका जिम्मेवारी सम्भालेका २ महिना नबित्दै करोडौंको अबैध समान बरामद गरि सम्बन्धित निकायमा दाखिला गरेको सर्वबित्तितै छ।
कमान्ड सम्भालने बित्तिकै एसपी धिमालले मातहतका गुल्म र बिओपी प्रमुखहरुलाई तस्करी नियन्त्रणमा र सिमानाकाको शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्ने ठाडो निर्देशन दिएका छन् ।यदि कुनै प्रकारको त्रुटि फेला परेमा कडा कार्वाही गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
उनको यो सक्रियताले परिणाम पनि देखा परिरहेको स्थानीयले अनुभुती गरेका छन् ।तस्करी न्यून अवस्थामा छ।तस्करहरु पलायन गरेको अवस्था छ।खुल्ला सिमा नाकाका कारण तस्करी शुन्यकरण गर्न ठुलो चुनौती नै रहेको सशस्त्र प्रहरी पर्सा प्रमुख धिमाल बताउँछन्।तर पनि उच्च मनोबलका साथ सशस्त्र प्रहरीले डिउटी गर्दै प्रतिदिन लाखौं मुल्य बराबरको अबैध मालसामान पक्राउ गरिरहेको अवस्था छ।

असार १६ गते आइतबार सशस्त्र प्रहरी पर्साले २८ लाख भन्दा बढिका भन्सार छलिका विभिन्न माल सामन बरामद गरि भन्सार दाखिला गरेको एसपी धिमालले बताए ।
सशस्त्र प्रहरी बल पर्सा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको चेप्वाईन्ट तथा मोवाईल टोलिले बिरगंज महानगरपालिका -१६ को विभिन्न स्थानबाट भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा ना १ ह ९९६० नम्बरको अटो सहित भन्सार दाखिला मुल्य रु. २१ लाख ६३ हजार ४ सय ६० बराबरको किराना,कपडा,मोवाईलको डिस्प्ले, मोटरपाट्स तथा ईलेक्ट्रोनिक्स सामान बरामद गरेको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिएको मोबाईल गस्ति टोलीले वर्वा तथा अलौ नाकाहरुबाट भारतबाट अवैध रुपमा भन्सार छली ना.२१प.९६२७ र ना.१७ प. ६९२१ नम्बरको मोटरसाइकलहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु.१ लाख १७ हजार ६० बराबरको किराना समान र कपडा नियन्त्रणमा लिएको छ। मोटरसाइकलहरुको रु.३ लाख मुल्याङ्कन गरि नियन्त्रणमा लिएको समान बिरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी सिंहले बताएका छन् ।
बि.ओ.पि. सिर्सियाले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा बिरगंज- २ भगुवा नाकाबाट रु. ९० हजार बराबरको कपडा बरामद गरेको छ, भन्ने बि.ओ.पि. ड्राईपोर्टले सिर्सिया नाकाबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ भारतीय मोटरसाइकलमा ल्याईएका २८ हजार बराबारको लेडिज टपस् ७२ पिस र १ लाख रुपैयाँ पर्ने बिआर ०५ टि २६९१ नम्बरको सो भारतिय मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
यसरी एसपी धिमालको कमान्डमा सशस्त्र प्रहरी पर्साले धमाधम तस्करीका मालसामान पक्राउ गरि भन्सार दाखिला गरिरहेको छ।
