रसीद आलम ,बारा,२० असार ।
सशस्त्र प्रहरी बाराले अवैध लागु औषध चरेश सहित दुई जना भारतीयलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बारा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक भवराज कटवालको कमाण्डमा खटिएको टोलीले कलैया उपमहानगरपालिका- १० शनिश्चरा मठ ईलाकामा २ जनालाई १० किलो २३० ग्राम अवैध लागु औषध चरेश सहित नियन्त्रणमा लिएको छ ।
असार १८ गते राति १०:१० बजेको समयमा चेकजाँचको क्रममा नेपालबाट भारततर्फ जादै गरेको बिआर ०५ बिई०७६७ नम्बरको भारतीय मोटरसाइकलमा सवार भारत मोतिहारी थाना आदापुर पंचायत बेलवा बस्ने वर्ष १८ का मनिष कुमार र मोतिहारी थाना आदापुर पंचायत रामपुर बस्ने वर्ष २१ का भरत शाहले हेल्मेट र मोटरसाइकलको सिट भित्र लुकाई छिपाई राखेको अवस्थामा १०.२३० के.जी. अवैध लागु औषध चरेश बरामद भएकाले दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया, बारामा बुझाएको सशस्त्र प्रहरी बाराका प्रमुख सन्तोष बहादुर सिंहले जानकारी दिए।
