नक्कली प्रहरी पक्राउ।

समाचार

रसीद आलम ,बारा,९ साउन ।

बारा प्रहरीले नक्कली प्रहरी पक्राउ गरेको छ।

नक्कली प्रहरी बनी मोटरसाईकल चोर्ने र सर्वसाधारणसंग रमक ठग्ने व्यक्ति बाराको फेटा गाँउपालिका वडा नम्बर ७ बस्ने सहाबुदिन अंसारीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी प्रेस विज्ञप्ति अनुसार २०८१/०२/३२ गते बेलुका ४ बजेको समयमा बाराको महागढिमाई नगरपालिका वडा नं.०८ जोलगावा बस्ने वर्ष ५५ को सिताराम राय यादवको नाममा दर्ता रहेको ना ४ प २२१२ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल सहाबुदिन अंसारीले म प्रहरी हो ईमरजेन्सी छ, एक छिनको लागी मोटरसाइकल दिनुस भनि भ्रममा पारी उक्त मोटरसाइकल लिई फरार भएको थियोे ।

सोही मोटरसाइकलको प्रयोग गरी बिभिन्न मानिसहरूसंग घुमी घुमी म प्रहरी हो भन्नि भ्रममा पारी पैसा ठग्ने जस्ता कार्य गर्ने गरेको जानकारी प्राप्त हुन साथ उक्त नक्कली प्रहरीलाई पक्राउ गर्नको लागी जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले साउन ७ गते अन्सारीलाई पक्राउ गरेको बारा प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाराबाट चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत कलैयाबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको एसपी खड्काले जनाए।

साथै यस्ता किसिमको घटनामा अन्य व्यक्तिहरूसंग पनि हुनसक्ने भएकोले ठगीमा पर्नु भएका व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गरी जाहेरी दरखास्त दिनको लागी समेत एसपी खड्काले अनुरोध गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *