बारा सशस्त्रका गुल्म मटिअर्वाद्वारा ९६ लाखको विभिन्न मालसामान बरामद गरि भन्सार दाखिला ।

समाचार

रसीद आलम,बारा,२५ भदौ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ हे.क्वा. बारा मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वाले भन्सार छलिएका चोरी तस्करीका ९६ लाख भन्दा बढीका विभिन्न मालसामान बरामद गरि बिरगंज भन्सार दाखिला गरेको छ।

गुल्मका गुल्मपतिका रूपमा सशस्त्र प्रहरी नायब उपरीक्षक बिदुर भट्टराईले साउन १६ गते कमान्ड सम्भालेका दिन देखि लिएर आजसम्म तस्करीको कारोबारलाई ध्वस्त गर्दै रु.९६ लाख ३० हजार ६ सय ३५ बराबरको भन्सार छलिका मालसामान लगायत सवारी साधनलाई नियन्त्रणमा लिई भन्सार बुझाएका छन् ।

सशस्त्र प्रहरी बाराका अनुसार गुल्म मटिअर्वाले साउन १९ गते रु.२ लाख ३७ हजार २ सय बराबरको भारतीय नम्बरको मोटरसाइकल सहित कपडा तथा किराना समान बरामद गरेको त्यस्तै साउन २७ मा रु. १ लाख ७९ हजार २ सय ३५ को मोटर पार्टस ,साउन २८ गतेमा ३० लाख बराबरको सुमो गाडी ,साउन २९ मा ५० लाख बराबरको टाटा पन्च कार बरामद गरेको छ। त्यस्तै ,भदौ १ मा १ लाख ३८ हजार बराबरको मोटरसाइकल र १२० केजि आँप,भदौ २ गते रु.२ लाख ५९ हजार २ सयको मोटरसाइकल सहित मोटर पार्टस ,किराना समान र मोबाइलको ग्लास पट,भदौ ९ मा ३ लाख २६ हजार २ सयको कपडा ,भदौ ११ गते एक ब्यक्ति सहित ९१.९६० ग्राम लागु औषध खैरो हिरोईन ,भदौ १३ मा २५ हजार बराबरको बिलनभएको ट्याक्टरलाई जरिवाना ,भदौ १९ मा ६४ हजारको मोबाइलको विभिन्न समान,भदौ २० मा १ लाख ७६ हजार ८ सय बराबरको चिनी र प्याज,भदौ २३ मा ५० हजार बराबरको भैंसी र पाडा र भदौ २४ गतेमा रु.२ लाख ७८ हजार बराबरको किसमिस लगायत विभिन्न मालसामान बरामद गरि भन्सार दाखिला गरेको छ।

बाराको ग्रामीण नाका मध्ये एक मटिअर्वा नाका पनि हो,यो ग्रामीण नाकामा ३९ दिनमा ९६ लाख ३० हजार ६ सय ३५ बराबरको भन्सार छलिका मालसामान नियन्त्रणमा लिनु भनेको तस्करीका कारोबार नियंत्रित देखिन्छ तापनि खुला सिमानाकाको कारण चोर बाटोहरुको प्रयोग गरि तस्करी भैइरहेको देखिन्छ ।

तस्करहरु खुला सिमानाकाको फाईदा उठाउदै मौका छोपी दिन र रातमा पनि तस्करीका विभिन्न मालसामान ल्याईरहेको स्थानीयले बताउँछन्।

स्थानीय सुरक्षाकर्मीहरुलाई अझ चनाखो र कडाइका साथ तस्करीलाई नियन्त्रण गर्नुपर्ने स्थानीयहरुको बुझाई रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *