रसीद आलम ,बिरगंज ,४ कार्तिक ।
पर्सा प्रहरीले भन्सार छली गरी ल्याइएका ३ लाख ७४ हजार बराबरका लत्ताकपडा र खाद्यान्न भन्सार कार्यालयमा बुझाएको छ।
कार्तिक ३ गते पर्साको विभिन्न स्थान र समयमा खटिएको प्रहरी टोलीले भन्सार छली गरी चोरी तस्करीबाट भित्र्याइएका लत्ताकपडा तथा खाद्यान्न मालबस्तुहरू नियन्त्रणमा लिएको छ।
उक्त सामग्रीहरूको अन्दाजी मुल्य रू. ३ लाख ७४ हजार १ सय १० बराबर रहेको र आवश्यक कानुनी कारबाहीका लागि मिति २०८१।०७।०४ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिएका छन्।
