पर्सामा सशस्त्र प्रहरीद्वारा ११ लाखभन्दा बढीको अबैध सामान नियन्त्रणमा।

समाचार

पर्सा, ८  कार्तिक।

सशस्त्र प्रहरी बल, पर्साले भारतबाट अबैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको रु. ११ लाख ७ हजार ९ सय ८५ बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले बि.म.न.पा-१६ ईनर्वास्थित विभिन्न सीमा नाकाबाट अबैध रूपमा सार्वजनिक सवारी साधनहरूमा लोड गरी ल्याइँदै गरेको रु. ८ लाख २१ हजार २ सय ८५ बराबरको किराना सामान, कपडा, मोटर पार्ट्स, जुत्ता/चप्पल, भाँडा र कस्मेटिक्सका सामानहरू बरामद गरेको हो।

त्यस्तै, आजकै मितिमा बि.ओ.पि. अमरपट्टीबाट खटिएको अर्को टोलीले भन्सार छली गरी ना. ५ प. ५०७५ नम्बरको मोटरसाइकलमा लोड गरिएको रु. १ लाख ६६ हजार ७ सय बराबरको कपडा पनि बरामद गरेको छ। सो मोटरसाइकलको भन्सार मूल्य रु. १ लाख २० हजार रहेको छ। यसरी बरामद गरिएको मोटरसाइकल र कपडा गरी कुल रु. २ लाख ८६ हजार ७ सय बराबरको सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरी पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णु हरी घिमिरेका अनुसार अबैध तस्करी नियन्त्रण गर्न सुरक्षा निकायहरू सधैं सतर्क रहेको बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *